काठमाडौं । नेपाल शिक्षक महासंघले भदौको दोस्रो सातादेखि आन्दोलन गर्ने भएको छ । बुधबार बसेको महासंघको बैठकले भदौ दोस्रो सातादेखि आन्दोलन सुरु गर्ने निर्णय गरेको महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले जानकारी दिएका छन् ।
बैठकले भदौ ३ र ४ गते बस्ने गरी राष्ट्रिय समितिको पूर्ण प्रत्यक्ष बैठक बोलाएको छ । उनले अहिले बाहिर चर्चामा रहेको विषयहरु भएको सहमति र शिक्षकहरुको पक्षमा आउने नदेखिएको पनि बताए।
सरकारले असार १५ भित्र विद्यालय शिक्षा विधेयक पारित गर्ने प्रतिबद्धता जनाए पनि अहिलेसम्म पारित भएको छ । त्यसपछि महासंघ सरकारविरुद्ध आन्दोलन गर्न लागेको हो ।