रामहरिजी नैतिक जिम्मेवार ठहरिनुभएको छ, राजीनामा दिनुपर्छः प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संसदको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडालाई राजीनामा दिन सुझाव दिएका छन् ।

बिहीबार अनेरास्ववियु क्रान्तिकारीले आयोजना गरेको विद्यार्थीसँग प्रचण्ड संवाद कार्यक्रममा अध्यक्ष प्रचण्डले खतिवडाले राजीनामा दिनुपर्ने बताएका हुन् ।

उनले संघीय निजामती सेवा विधेयकको प्रतिवेदनमा ‘२ वर्षे कुलिङ पिरियड’ सम्बन्धी त्रुटिमा छानबिन समितिले खतिवडालाई जिम्मेवार देखाएकाले नैतिकताको आधारमा राजीनामा दिनुपर्ने बताए ।

उनले भने, ‘रामहरिजी नैतिक जिम्मेवार ठहरिनुभएको छ । उहाँलाई नैतिक रूपमा सभापतिमा बस्ने आधार छैन । अब राजीनामा दिएर राजनीतिक व्यक्तित्वको सुरक्षा गर्नुपर्छ ।’

विशेष संसदीय छानबिन समितिको प्रतिवेदनले पनि सभापति खतिवडा नैतिक जिम्मेवार रहेको ठहर गरेको छ । उनले उक्त विधेकमाथि भएको त्रुटिको जिम्मेवारी आफूले मात्र नभएर सिंगो सदनले लिनुपर्ने बताए ।

उनले भने, ‘म सदस्य भएको राज्य व्यवस्था समितिले मात्र होइन । २७५ जनाले नै जिम्मेवारी लिनुपर्छ । नैतिक जिम्मेवारी सिंगो सदनले लिनुपर्छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *