नीताको ‘सुख दुःख’मा विपना थापा

काठमाडौं । अभिनेत्री नीता ढुङ्गानाको निर्देशनमा बन्न लागेको फिल्म ‘सुख दुःख’मा विपना थापा अनुबन्धित भएकी छन् । उनलाई निर्माण टिमले बुधबार अनुबन्ध गरेको हो । यसअघि नीता र विपनाले फिल्म ‘ह्रस्वदीर्घ’मा सहकार्य गरेका थिए।

यो उनीहरुको दोस्रो सहकार्य हो। विपनाले फिल्म ‘सुख दुख’मा आफू पनि जोडिन पाउँदा एकदम खुसी लागेको बताइन् । यो फिल्ममा विपनाको महत्वपूर्ण भुमिका रहेको छ। नीताले यसअघि यो फिल्मका लागि कलाकारका रुपमा मिथिला शर्मा, मदनकृष्ण श्रेष्ठ अनुबन्ध गरिसकेकी छन् ।

यस फिल्मका अन्य कलाकार र प्राविधिक पक्षको बारेमा विस्तारै जानकारी दिदै जाने निर्देशक ढुंगानाले बताइन् । आगामी फागुनबाट छायाँकनमा जाने यो फिल्मलाई चर्चित भारतीय छायाँकार कवीरलाल र शाहिदलालले छायाँकन गर्दैछन्। ‘नीता फिल्मस’को ब्यानरमा बन्न लागेको यो फिल्म आगामी वर्ष दसैंको फूलपातीबाट प्रदर्शनमा आउँदैछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *