रुपन्देही–३ मा हामी आफ्नै उम्मेदवार उठाउनेछौंः अध्यक्ष राउत

काठमाडौं । जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले रुपन्देही क्षेत्र नम्बर ३ को उपनिर्वाचनमा कसैसँग गठबन्धन नगर्ने बताएका छन् । सामाजिक संजालमार्फत अध्यक्ष राउतले उपनिर्वाचनमा आफ्नै उम्मेदवार उठाउने बताएका हुन् ।

उनले भनेका छन्, ‘भ्रममा नपरौंः जनमत पार्टीले मेचीदेखि महाकालीसम्म आफ्नै उम्मेदवार उठाउने रणनीति अन्तर्गत रुपन्देही–३ मा पनि आफ्नै उम्मेदवार उठाउनेछ। यसअगाडिको निर्वाचनमा अरू पार्टीहरू काँग्रेस वा एमालेको गठबन्धनमा सामेल भई चुनाव लड्दा जनमत पार्टी एक्लै नै चुनाव लड्दै आएको छ र गठबन्धन गरेको पूर्वअनुभव छैन।’

उनले जनमत पार्टी संघीय लोकतान्त्रिक मोर्चासँग संविधान संशोधन र अधिकार तथा पहिचानको आन्दोलनमा खडा रहेको उल्लेख गरेका छन् । उनले भनेका छन्, ‘मोर्चा ‘लूज एलायन्स’को रूपमा त्यसका लागि नै गठन भएको थियो र यो चुनावी मोर्चा होइन भनेर हामी गठन हुनु अगाडि र घोषणा हुँदादेखि नै स्पष्ट थियौं । मोर्चालाई हाम्रो सदैव शुभकामना छ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *