काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेकपा माओवादी केन्द्रमा नेतृत्व परिवर्तन नभएको भन्दै कटाक्ष गरेका छन् ।
बिहीबार सामाजिक संजालमार्फत महासचिव पोखरेलले बहुदलीय व्यवस्थाको स्थापना पछि नेपाली कांग्रेस र नेकपा एमालेमा नेतृत्व परिवर्तन भइरहे पनि माओवादी केन्द्रको मुख्य नेतृत्वमा प्रचण्ड मात्र रहेको भन्दै कटाक्ष गरेका हुन् ।
उनले यस अवधिमा नेकपा एमालेको मुख्य नेतृत्वमा मदन भण्डारी, मनमोहन अधिकारी, माधवकुमार नेपाल, झलनाथ खनाल र हाल केपी शर्मा ओली रहेको, त्यस्तै नेपाली कांग्रेसको मुख्य नेतृत्वमा कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला, सुशील कोइराला, शेरबहादुर देउवा रहेको उल्लेख गरेका छन् । तर बहुदलपछि हालसम्म माओवादीको नेतृत्व प्रचण्डले मात्र गरेको उल्लेख गरेका छन् ।