धनुषामा सशस्त्र प्रहरी र तस्कर समूहबीच झडप , ४ राउण्ड हवाई फायर 

धनुषा । भारतबाट अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको सामान नियन्त्रणमा लिने क्रममा  धनुषामा सशस्त्र प्रहरी र तस्कर समूहबीच बुधबार साँझ झडप भएको छ ।

जिल्लाको विदेह नगरपालिका–२ दुहवीस्थित आँप  बगैचामा साउन बुधबार साँझ करिव सवा ८ बजेको समयमा भारतबाट अवैध रुपले ल्याउँदै गरेको सामान नियन्त्रणमा लिने  क्रममा झडप भएको हो ।

सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म महिनाथपुबाट डिएसपीको  कमाण्डमा रहेको सुरक्षा फौजले  तस्करीको सामान नियन्त्रणमा  लिन  खोज्दा तस्कर र स्थानीय वासिन्दा जम्मा भई  सुरक्षाकर्मीमाथि ढुङ्गामुढा प्रहार गरेका  थिए ।

स्थितिलाइ नियन्त्रणमा लिने   क्रममा सशस्त्र प्रहरि बलले एसएलआरबाट  ४ राउण्ड हवाई फायर गरेको छ । झडपका क्रममा स्थानीयले तस्करीको केही  सामान लुकाएका छन् भने  एउटा मोटरसाईकल र केही किराना सामान नियन्त्रणमा लिइएको सशस्त्र प्रहरीका सह–प्रवक्ता डीएपी शैलेन्द्र थापाले जानकारी दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *