सर्लाहीको बागमतीका मेयर थापा गैरकानुनी सम्पत्ति आर्जन मुद्दामा दोषी ठहर

काठमाडौं । सर्लाहीको बागमती नगरपालिकाका निलम्बित मेयर भरतकुमार थापा गैरकानुनी सम्पत्ति आर्जनको मुद्दामा दोषी ठहर भएका छन् ।

बुधबार विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर तथा सदस्यहरू मुरारीबाबु श्रेष्ठ र विदुर कोइरालाको इजलासले थापालाई दोषी ठहर गरेको हो ।

उनीविरुद्ध पाँच करोड ३३ लाख ५३ हजारबराबरको गैरकानुनी सम्पत्ति आर्जन गरेको अभियोग लागेको थियो । गैरकानुनी सम्पत्ति आर्जनमा उनलाई एक वर्ष कैद तीन करोड ४५ लाख २२ लाख ३ सय ८७ रुपैयाँ जरिवाना र सो बराबरको सम्पत्ति जफतको फैसला भएको छ ।

हानी नोक्सानीसम्बन्धि भ्रष्टाचार मुद्दामा २९ साउनमा उनलाई सजाय सुनाइने विशेष अदालतले जनाएको छ । हानी नोक्सानीको मुद्दामा थापासहित विमल कुमार पोखरेल र सागर पौडेल दोषी ठहर भएका छन् भने शिलाकुमारी मोक्तान, विश्वराज पोखरेल र मेथुर चौधरीले सफाइ पाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *