गाजा सिटी । मध्य गाजा पट्टीमा सहायता खोज्नेहरूको भीडमा सहायता बोकेको ट्रक पल्टिँदा २० जनाको मृत्यु भएको गाजाको नागरिक सुरक्षा निकायले बुधबार जनाएको छ ।
मंगलबार मध्यरातमा सहायता बोकेको ट्रक सहायताको प्रतीक्षामा रहेका सयौँ नागरिकमाथि पल्टिँदा बीस जनाको मृत्यु हुनुको साथै दर्जनौँ घाइते भएको गाजाका सुरक्षा निकायका प्रवक्ता महमुद बासले जनाएका छन् ।
इजरायलले पहिले बम प्रहार गरेको असुरक्षित सडकमा ट्रक चलाइरहेको कारण नुसिरात शरणार्थी शिविर नजिकै ट्रक दुर्घटना भएको बासले बताएका छन् ।
हमासले इजरायललाई ट्रक चालकहरूलाई सहायता वितरण केन्द्रहरूमा पुग्न खतरनाक मार्गहरू प्रयोग गर्न बाध्य पारी ‘जानाजानी भोकमरी र अराजकता सिर्जना गरेको’ आरोप लगाएको छ ।
इजरायलले आधारभूत आवश्यकताहरूका लागि हप्तौँदेखि पर्खिरहेका भोकमरीले ग्रस्त नागरिकहरू सामु जानमा चालकहरूलाई अवरोध गर्ने गरेको हमासको मिडिया कार्यालयले एक विज्ञप्तिमार्फत जनाएको छ ।