काठमाडौं । एएफसी यु-२० महिला एसियन कप छनोटमा नेपाल बराबरीमा रोकिएको छ । बुधबार बेलुकी भएको आफ्नो पहिलो खेलमा नेपाल घरेलु टोली भुटानसँग १-१ गोलको बराबरीमा रोकिएको हो ।
चाङलिमियाङ स्टेडियममा भएको खेलमा नेपालको लागि सेनु परियारले गोल गर्दा भुटानको लागि केल्डेन वान्ग्मोले एक गोल गरिन् । खेलमा लिएको शुरुवाती अग्रता जोगाउन नसक्दा नेपाल पराजित हुन पुगेको हो । पहिलो हाफको ४० सेकेन्डभित्रै नेपालको लागि सेनु परियारले गोल गर्दै टोलीलाई शुरुवाती अग्रता दिलाएकी थिइन् ।
१८ औँ मिनेटमा वान्ग्मोले गोल गर्दै भुटानलाई १-१ गोलको बराबरीमा ल्याइन् । बाँकी समयमा दुवै टोलीबीच थप गोल हुन नसक्दा खेल १-१ गोलको बराबरीमा सकिएको हो ।
बराबरीसँगै दुवै टोलीले एक/एक अंक बाढेका छन् । यसअघि आजै भएको समूहको अर्को खेलमा उत्तर कोरियाले साउदी अरेबियालाई १५-० गोलले हराएको थियो ।
अब नेपालले दोस्रो खेल ८ अगस्टमा साउदी अरेबियासँग खेल्नेछ ।