बारम्बार सदनमा भनेँ सरकार सुन्दैन, होइन भने आफ्नै सरकारको विरुद्धमा म सत्याग्रहको रूपमा उभिन्छु : सांसद गौतम

काठमाडौं । नेपाली कांग्रेसका सांसद सञ्जय गौतमले सरकारविरुद्ध सत्याग्रह सुरु गर्ने चेतावनी दिएका छन् । बुधबारको प्रतिनिधिसभा बैठकमा सांसद गौतमले बर्दिया जिल्लाका लागि छुट्याइएको आयोजना कांग्रेस सभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरामा लगिएको भन्दै सरकारविरुद्ध सत्याग्रह सुरु गर्ने चेतावनी दिएका हुन् ।

उनले बर्दियाको बबई भादा ओरही नदी नियन्त्रण आयोजना बर्दियाबाट सुटुक्क डडेल्धुरा लगिएको आरोप लगाए ।

उनले भने, ‘अन्याय भयो, सभामुख महोदय ! सरकारले सुन्दा पनि सुनेन, देख्दा पनि देखेन । बबई भादा ओरही नदी नियन्त्रण आयोजना बर्दियाबाट सुटुक्क डडेल्धुरा पुर्याइयो । बारम्बार सदनमा भनेँ सरकार सुन्दैन, मेरो कुरा सुनोस् । होइन भने आफ्नै सरकारको विरुद्धमा म सत्याग्रहको रूपमा उभिन्छु । यहीँबाट घोषणा गर्न चाहन्छु ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *