एरिजोना । एरिजोनास्थित चिन्ले विमानस्थल नजिकै एउटा मेडिकल ट्रान्सपोर्ट विमान दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । विमान एक स्थानीय अस्पतालतर्फ बिरामी लिन जाँदै गर्दा मंगलबार दुर्घटना भएको नाभाजो प्रहरीले जनाएको छ ।
दुर्घटनाग्रस्त विमान बीचक्राफ्ट ३०० मोडलको दुई इञ्जिनयुक्त सानो मेडिकल ट्रान्सपोर्ट जहाज थियो । विमान जमिनमा खसेपछि तुरुन्तै आगो लागेको थियो ।
दुर्घटनामा विमानमा सवार चारै जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ । उनीहरू कसैको पनि परिचय सार्वजनिक गरिएको छैन । अहिले दुर्घटनाबारे विस्तृत छानबिन भइरहेको अधिकारीहरुले जानकारी दिएका छन् ।