न्यूनतम पारिश्रमिक वृद्धि गर्दै श्रमिक जीवनस्तर सुधारतर्फ कोरियाको पहल

सियोल । दक्षिण कोरियाको श्रम मन्त्रालयले सन् २०२६ का लागि न्यूनतम पारिश्रमिक २.९ प्रतिशतले वृद्धि गर्ने निर्णय गरेको छ ।

मन्त्रालयका अनुसार २०२६ को न्यूनतम प्रति घण्टा पारिश्रमिक १० हजार ३२० वोन –करीब ७.४३ अमेरिकी डलर) तोकिएको छ, जुन हालको १० हजार ३० वोन (७.२२ डलर) भन्दा उच्च हो ।

यो वृद्धिदर अघिल्लो वर्षको १.७ प्रतिशत वृद्धिदरतुलनामा तीव्र रहेको छ । सन् १९८८ देखि लागू गरिएको न्यूनतम पारिश्रमिक प्रणालीअन्तर्गत यो दर वृद्धि गरिएको हो ।

चालिस घण्टे साप्ताहिक कार्यघण्टाका आधारमा यो न्यूनतम पारिश्रमिक मासिक रूपमा अन्दाजी एक हजार ५५२ अमेरिकी डलर हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *