गाजा । गाजाको नागरिक सुरक्षा निकायका अनुसार इजरायली गोली प्रहार र हवाई आक्रमणमा कम्तीमा २६ जनाको मृत्यु भएको छ । तीमध्ये १४ जना सहायता वितरण केन्द्र नजिकै पर्खिरहेका बेला मारिएका हुन् ।
दक्षिण गाजाको खान युनिसमा सहायता पर्खिरहेका आठ जना इजरायली गोलीबाट मारिएको र मध्य गाजामा ६ जना को ज्यान गएको पुष्टि गरिएको छ । त्यस्तै, अल–मावासी क्षेत्रस्थित टेन्टमा रातको हवाई आक्रमणमा पाँच जनाको मृत्यु भएको जनाइएको छ ।
गाजा सहर नजिक र खान युनिसमा भएका थप आक्रमणमा सात जनाको मृत्यु भएको जानकारी दिइएको छ ।
मानविक सहायता वितरण केन्द्रहरूमा दैनिक भिडभाड भइरहेका बेला पनि गोली प्रहार हुने घटना दोहोरिएको गाजाली जनताको भनाइ छ । इजरायली सेनाले घटनाको अनुसन्धान भइरहेको जनाएको छ ।