विप्लव नेतृत्वको नेकपासँग एकता गर्ने माओवादीको निर्णय

काठमाडौं । नेकपा माओवादी केन्द्रले विप्लव नेतृत्वको नेकपासँग एकता गर्ने निर्णय गरेको छ । माओवादी प्रवक्ता अग्निप्रसाद सापकोटाले स्थायी समिति बैठकले विप्लवसँग एकता गर्ने निर्णय गरेको जानकारी दिएका छन् ।

उनले भने, ‘विप्लव नेतृत्वको नेकपासँग पार्टी एकता गर्ने निर्णय भएको छ । छिट्टै वार्ता समिति बनाएर अगाडि बढ्ने कुरा भएको छ ।’

यसअघि पनि माओवादीले विप्लवसँग एकता गर्ने निर्णय गरेपनि एकता भने भएको थिएन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *