७८ लाख बराबरको क्रिप्टो करेन्सी कारोबारको आरोपमा कलंकीबाट एकजना पक्राउ

काठमाडौं । प्रहरीले क्रिप्टो करेन्सी कारोबारमा संलग्न भएको आरोपमा एक जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडाडौंको टोलीले कलंकीबाट मकवानपुरका २१ वर्षीय सुशान्त दाहाललाई पक्राउ गरेको हो ।

कलंकीबाट ७८ लाख ३० हजार ३८८ रुपैयाँ भन्दा बढी रकमको कारोबार गरेको कसूरमा पक्राउ गरी अभौतिक मुद्राको कारोबार गर्न नहुने सम्बन्धी कसूर मुद्दामा थप अनुसन्धान कार्य भइरहेको परिसरका प्रवक्ता प्रहरी उपरीक्षक कुलदीप चन्दले जानकारी दिए । प्रहरीले उनको साथबाट मोबाइल, सीमकार्डलगायतका सामग्री बरामद गरेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *