प्रतिकूल बकपत्र गरेको आरोपमा सरकारी साक्षीविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रतिकूल बकपत्र गरेको आरोपमा सरकारी साक्षीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

अख्तियारले घुस लिई भ्रष्टाचार गरेको मुद्दामा सरकारी साक्षी बनाइएका बाँकेको कोहलपुर नगरपालिका बस्ने डम्मरबहादुर बुढाथोकीविरुद्ध आइतबार विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

रतनबहादुर जीसीसमेत प्रतिवादी भएको उक्त मुद्दामा सरकारी साक्षीको रूपमा पेस गरिएका बुढाथोकीले विशेष अदालतमा प्रतिकूल हुने गरी बकपत्र गरेपछि उनीविरुद्ध मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *