काठमाडौं । प्रहरीले सप्तरीमा गोली हानेर दुई जना लागुऔषध कारोबारीलाई पक्राउ गरेको छ । आइतबार बिहान गोली हानेर दुई जनालाई पक्राउ गरेको लागुऔषध नियन्त्रण ब्युरोका एसएसपी कृष्ण कोइरालाले जानकारी दिएका छन् । पक्राउ पर्नेमा २७ वर्षीय विशाल राय र मनोज राय छन् ।
उनीहरुको साथबाट प्रहरीले दुई सय ग्राम ब्राउन सुगर बरामद गरेको जनाएको छ । केही दिनअघि प्रहरीले झापा र सिरहामा पनि गोली हानेर लागुऔषध कारोबारीलाई पक्राउ गरेको थियो ।