हृदयेन्द्रको ‘जुम्ला भ्लग’प्रति माओवादी सांसदको आपत्तिः एउटा भिडियोले मात्रै त्यो दोहन गरेको ऋण चुक्ता हुन सक्दैन

काठमाडौँ । नेकपा माओवादी केन्द्रकी सांसद छिरिङ ल्हामु लामाले पूर्वनवयुवराज हृदयेन्द्र शाहको ‘जुम्ला भ्लग’लाई असन्तुष्टि जनाएकी छन् । जुम्लाको पहिचानलाई विश्वमाझ चिनाउने उद्देश्यले बनाइएको शाहको ‘भ्लग’लाई लिएर लामाले सामाजिक सञ्जालमार्फत असन्तुष्टि जनाएकी छन् ।

उनले दरबारमा भोटे कुकुरका छाउरा हुर्केझैँ ऐस आरामले हुर्केकाले जुम्लालाई चिनाउन आवश्यक नभएको भन्दै आक्रोश पोखेकी छिन् ।

उनले भनेकी छन्, ‘राजतन्त्रमा सामन्ती राजाका धेरै पुस्ताले नेपाली जनतामाथि दोहान गरेको छ । अहिले उनका नातिले एउटा स्टन्टका लागि बनाएको एउटा भिडियोले मात्रै त्यो दोहन गरेको ऋण चुक्ता हुन सक्दैन । उनी जस्तो सयौं पुस्ताले देश र जनताको सेवा गरिहाले पनि राज्य र जनता माथि गरेको शोषण, दमन र अत्याचारको भार चुक्ता गर्न सक्दैन ।’

यस्तो छ लामाको भनाई

सत्य तितोनै हुन्छ , राजतन्त्रमा पृथ्वीनारायण शाह देखि ज्ञानेन्द्र शाहसम्मका १२ वटा राजाले अझ भन्ने हो भने जुम्लामा आक्रमण गर्दाका नयवी राजा रणबहादुर शाह र उनकी आमा राजेन्द्र लक्ष्मी शाहको बर्बरतापूर्ण निर्देशनपछि बहादुर शाहसहितको फौजले १८४६ मा निकै क्रूरता साथ साङ्घातिक हमला गरिएको थियो अहिले त्यहीको झल्को आउने गरी छोरो हृदयन्द्रलाई काखमा चेपेर आमा हिमानी शाहले नयाँ अवतार युट्युबबाट टिपेर ल्याएको एउटा भरियाको ढाडमा टेकेर जुम्लाको भूमिमा फेरि पनि अपवित्र षड्यन्त्रको रचना गरिँदैछ यो माया जालमा कुनै पनि सचेत जुम्लाका बासी फस्ने छैनन् भन्ने मेरो विश्वास छ । राजतन्त्रमा सामन्ती राजाका धेरै पुस्ताले नेपाली जनतामाथि दोहन गरेको छ । अहिले उनका नातिले एउटा स्टन्टका लागि बनाएको एउटा भिडियोले मात्रै त्यो दोहन गरेको ऋण चुक्ता हुनसक्दैन उनी जस्तो सयौं पुस्ताले पनि देश र जनताको सेवा गरिहाले पनि राज्य र जनतामाथि गरेको शोषण दमन अत्याचारको भार चुक्ता गर्न सक्दैन ।

२३८ वर्षको राजतन्त्रले जुम्लामा सिटामोल पुर्याउन सकेन, गणतन्त्रले १५ वर्षमै बाटो, इन्टरनेट, स्वास्थ्य सेवालगायत अत्यावश्यक सामग्रीहरु पुर्यायो । अहिले हृदयन्द्र शाहको भिडियो देखिएको जुम्ला गणतन्त्र नेपालको उपज हो । नेपाली जनताको शासन व्यवस्थाले निर्माण गरेको दृश्य हो । विगतको जुम्लाको कथा विकराल थियो । काठमाडौंले जुम्लालाई चिन्न अन्कनाउँथ्यो । केन्द्रकृत राज्यसत्ताले जुम्लाको जनतालाई दोस्रो दर्जाको नागरिकको रुपमा हेथ्र्याे । जुम्लालाई दूरदराज, रोक भोक र शोकको पर्याय बनाउनुमा सबैभन्दा धेरै जिम्मेवार हृदयेन्द्रका पुर्खा थिए । विकास के हो जुम्लालाई थाहा थिएन । सामाजिक आर्थिक राजनीतिक विकास, मानवअधिकार कस्तो हुन्छ ? समावेशीकरण के हो ? राजतन्त्रमा जुम्लालाई थाहा थिएन । यसरी जुम्लालाई समस्याको भूमरीमा पार्ने तिनै हृदयेन्द्रका बाउबाजेले नै हो । यस्ता धेरै यथार्थहरू छन् जसको चर्चा त हामी गर्ने नै छौं । जुम्ला हिजोदेखि आजसम्म आफ्नो सभ्यता, पहिचान र मौलिकता छ यसको आफ्नै परिचय छ ।

यसलाई चिनाउन उसको पूरै वंश जिजु बाजेहरुले देशलाई कंगाल हुने गरी लुटेर दरबारमा थुपारेको धनले विदेशमा एस आरामले बिलासी जीवन बिताईरहेको भोटे कुकुर को छाउरा हुर्के झै गरेर हुर्काएको साँढे प्रवृत्ति जस्तैले चिनाउन पर्छ र ? जुम्लालाई चिनाउने विषयमा हृदयन्द्र शाहको भन्दा ब्लगर सिर्जना सिज्जु लगायत धेरैको ब्लग अझ धेरै राम्रो र स्पष्ट छ तर विडम्बना सिर्जनाको ब्लगले न त कुनै सामाजिक अभियन्ताले चर्चा गर्यो न त कुनै मिडियाको हेडलाइन बन्यो ।

किनकि उनी राजपरिवारको सदस्य होइन ! यति धेरै मिडियाको हेडलाइन बन्नलाई पनि सामन्ती राजपरिवारकै हुनुपर्ने होइन त यही निरङ्कुशता सामन्ती सोचको विरुद्ध त हाम्रो लडाईं छ । गणतान्त्रिक नेपालमा बेलाबेला यो राजतन्त्र कालको झल्को दिलाउने गतिविधिले हामीलाई सोच्न बाध्य बनाउँछ । अझै पनि हामीबाट सामन्ती सोच गाको छैन भन्ने युट्युबेको नेतृत्व नै राजावादीले गरेको देखिएको छ !

सामन्ती राजाले हिजो जनतालाई दास बनाई कुम्लाएका अथाहा सम्पत्ति अहिले केही सामाजिक अभियन्ता र केही युट्युबेमा लगानी गरिरहेको पनि सुनिन्छ । हुँदाहुँदै एउटालाई त करोडौ लगानी गरेर संसदभित्र नै भित्राइसके जो आज अराजकता मचाउनमा रेकर्ड कायम गर्न राजा र गणतन्त्र दुवैको दानापानीमा उफ्रिरहेको छ ….
हृदयन्द्र शाह पूर्व राजपरिवारको सदस्य हुन् । यसर्थ राजपरिवारको सदस्यले पाइला टेकेको भुमि पवित्र हुन्छ र यिनको झुटो खाएसी विष्णु भगवानको प्रसाद हो भन्ने चेतनादेखि हामी कहिले माथि उठ्ने ? सिंहदरबार अब वंशको नामले होइन, जनताको विश्वासले पुगिन्छ ।

One thought on “हृदयेन्द्रको ‘जुम्ला भ्लग’प्रति माओवादी सांसदको आपत्तिः एउटा भिडियोले मात्रै त्यो दोहन गरेको ऋण चुक्ता हुन सक्दैन

Leave a Reply

Your email address will not be published. Required fields are marked *