काठमाडौं । नेपाल आयल निगमले पेट्रोलको मूल्य घटाएको छ । बिहीबार मध्यरातदेखि लागू हुने गरी निगमले पेट्रोलमा प्रतिलिटर एक रुपैयाँ घटाएको हो ।
त्यस्तै डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर दुई रुपैयाँ बढेको छ । खाना पकाउने एलपी ग्यासको खुद्रा बिक्री मूल्य भने यथावत् राखिएको निगमले जनाएको छ ।