भिजिट भिसा, भ्रष्टाचार र मानव बेचबिखनको मुद्दालाई सशक्त ढंगले उठाउने रास्वपाको निर्णय

भैरहवा । राष्ट्रिय स्वतन्त्र पार्टीले ‘भिजिट भिसा’ प्रकरण र भ्रष्टाचारविरुद्धको मुद्दालाई थप प्रभावकारी बनाउने भएको छ ।

बुधबार भैरहवामा बसेको पार्टी संसदीय दलको बैठकले भिजिट भिसा, भ्रष्टाचार र मानव बेचबिखनको मुद्दालाई सशक्त ढंगले सडक र सदनबाट उठाउने निर्णय गरेको हो ।

प्रमुख सचेत सन्तोष परियारले भ्रष्टाचारविरुद्धको आन्दोलनलाई सदनसँगै सडकसम्म फराकिलो बनाउने निर्णय भएको जानकारी दिए । उनले भने, ‘संसदमा जारी भिजिट भिसाको आवरणमा भएको भ्रष्टाचार र त्यससँग सम्बन्धित अन्य मुद्दालाई लिएर आन्दोलन जारी राख्ने निर्णय गरेका छौं ।’

बैठकले भूमिसम्बन्धी विधेयक, निजामती विधेयक लगायतमा सरकारले सार्वभौम संसद्लाई नै आक्रमण गरेको ठहर गरेको छ । मुलुकमा संगठित अपराध मौलाएको भन्दै बैकठले त्यसको रास्वपाले सदन र सडकबाट प्रतिवाद गर्ने निर्णय गरेको उनले बताए ।

बैठकअघि पार्टी उपसभापति डीपी अर्याल र सांसद सोविता गौतमले सहकारी ठगी प्रकरणमा थुनामा रहेका पार्टी सभापति रवि लामिछानेलाई छुट्टाछुट्टै भेट गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *