मधेस प्रदेशका पूर्वप्रमुख राजेश अहिराजलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश

काठमाडौं । अदातले मधेस प्रदेशका पूर्वप्रमुख राजेश अहिराजलाई बलात्कार मुद्दामा पुर्पक्षका लागि कारागार चलान गर्न आदेश भएको छ । बुधबार जिल्ला अदालत काठमाडौंका न्यायाधीश पीताम्बर शर्माको इजलासले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो ।

अहिराजविरुद्ध एक युवतीलाई जबरजस्ती पटक–पटक बलात्कार गरेको आरोप लागेको थियो । उनलाई डिल्लीबजार कारागार चलान गरिएको छ ।

आफूलाई ४ जेठ २०८१ मा काठमाडौंको नयाँ बानेश्वरस्थित आफ्नै डेरामा बलात्कार गरेको आरोप अहिराजमाथि लागेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *