एन्फाद्वारा यू–२० महिला एसियन कप छनोट खेल्ने राष्ट्रिय टोलीको बिदाइ

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले एएफसी यू–२० महिला एसियन कप छनोट प्रतियोगितामा सहभागी  हुन भुटान जाने राष्ट्रिय टोलीको बिदाइ गरेको छ ।

नेपाली टोलीलाई बुधबार राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्यसचिव टंकलाल घिसिङ, एन्फाका अध्यक्ष पंकजविक्रम नेम्वाङ, एन्फाका महासचिव किरण राईलगायतले सफलताको शुभकामना दिँदै बिदाइ गरेका हुन् ।

प्रतियोगिताको समूह ‘ए’मा नेपाल भुटान साउदी अरेबिया र उत्तर कोरियासँग प्रतिस्पर्धा गर्नेछ । प्रतियोगितामा नेपाली टोलीले आफ्नो पहिलो खेल अगस्ट ६ तारिखमा आयोजक भुटानसँग खेल्नेछ । आफ्नो दोस्रो खेलमा नेपाली टोलीले अगस्ट ८ तारिखमा साउदी अरेबियाको सामना गर्नेछ ।

यसैगरी, नेपाली टोलीले आफ्नो तेस्रो खेल अगस्ट १० तारिखमा उत्तर कोरियासँग खेल्नेछ । समूहगत चरणको खेलपछि तालिकाको पहिलो स्थानमा रहने टोली सन् २०२६ को अप्रिल १ देखि १८ तारिखसम्म थाइल्यान्डमा आयोजना हुने महिला एसियन कपमा छनोट हुनेछ । थाइल्यान्डमा आयोजना एसियन कपमा कूल १२ टोलीको सहभागिता रहने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *