शेयर बजारमा उच्च अंकको गिरावट

काठमाडौं । साताको चौथो दिन बुधबार शेयर बजार नेप्से उच्च अङ्कले घटेको छ । बुधबार नेप्से ४७ दशमलव ९३ अङ्कले घटेर २ हजार ९ सय ५४ दशमलव १४ विन्दुमा झरेको छ ।

आज अन्य बाहेक सबै समूहको शेयर घटेकोमा विकास बैंक र माइक्रोफाइनान्स समूहको शेयर ३ प्रतिशतभन्दा धेरैले ओरालो लागेको छ । आज ग्रीन विकास बैंकको शेयर ८ प्रतिशतभन्दा धेरैले घटेको छ ।

समग्रमा बजार घटेको दिन सान्भी इनर्जी र ट्रेड टावर कम्पनीको शेयर भने १० प्रतिशतले बढेको छ । आज ३२७ वटा कम्पनीका ३ करोड ६४ लाख कित्ता शेयर १६ अर्ब ४४ करोड रुपैयाँ किनबेच भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *