‘कमेडी दरबार’ टिमले फिल्म ‘क का कि की’ निर्माण गर्ने

काठमाडौं । चर्चित कमेडी शो ‘कमेडी दरबार’ टिमले अब फिल्म निर्माण गर्ने भएको छ । निर्माण टिमले फिल्म ‘क का कि की’को थिम पोस्टर सार्वजनिक गर्दै सिनेमा निर्माणको घोषणा गरेको हो ।

पोस्टर अनुसार फिल्ममा चर्चित कलाकारहरू गौरी मल्ल, तृप्ति नाडकर, रेखा थापा र महेश त्रिपाठीको मुख्य भूमिका रहनेछ । यता, कमेडी दरबार टिमबाट टिकटकर मिस पबी, पवन खतिवडा, हिमेश पन्त, सुजता श्रेष्ठ, विश्वास तिम्सिना, सीडी विजय अधिकारी लगायतको पनि विशेष भूमिका रहनेछ ।

पोस्टरमा देखाइएका कलाकारको भाव, सिनेमाको टाइटल र निर्माण टिमको जनरा अनुसार यो फिल्म पूर्ण कमेडी शैलीमा निर्माण हुनेछ ।

यो फिल्मको निर्देशन विक्की अग्रवाल र श्रद्धा प्रसाईंले संयुक्त रूपमा गर्नेछन्। यो उनीहरुको डेव्यु निर्देशकीय सिनेमा हो । निर्देशक अग्रवालका अनुसार फिल्मको छायाँकन आगामी दशैंको टीकाको भोलिपल्टबाट प्रारम्भ हुनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *