समाजवादी मोर्चाले मुलुकमा बेतिथि बढेको भन्दै त्यसकाविरुद्ध औचित्यपूर्ण ढंगले आफ्ना गतिविधि अघि बढाउने

काठमाडौं । समाजवादी मोर्चाले आफ्ना गतिविधिलाई औचित्यपूर्ण ढंगले अघि बढाउने निर्णय गरेको छ । नेकपा एकीकृत समाजवादीको पार्टी कार्यालय आलोकनगरमा मंगलबार बसेको मोर्चाको बैठकले मुलुकमा बेतिथि बढेको भन्दै त्यसका विरुद्ध औचित्यपूर्ण ढंगले आफ्नो गतिविधिलाई अघि बढाउने निर्णय गरेको हो ।

माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अझ औचित्यपूर्ण र सक्रिय भएर मोर्चा अघि बढ्ने जानकारी दिए। उनले पार्टीभित्र अहिले कुनै समस्या नरहेको समेत बताए ।

त्यस्तै नेकपा एकीकृत समाजवादीका नेता बामदेव गौतमले मोर्चाको बैठकमा अहिलेसम्मको कामको समीक्षा भएको बताए। उनले भ्रष्टाचार, बेतिथि र देशलाई बर्बादीबाट जोगाउन छिट्टै ठूलो प्रदर्शन गर्ने निर्णय भएको जानकारी दिए ।

त्यस्तै नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्माले विविध कारणबस मोर्चाले अपेक्षा अनुसार गति लिन नसकेको भन्दै अब सक्रियताका साथ मोर्चालाई अघि बढाइने उल्लेख गरे । विश्वकर्माले भदौको अन्तिमतिर देशव्यापीरूपमा मोर्चाको कार्यक्रमलाई अघि बढाइने जानकारी दिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *