झारखण्डमा तीर्थयात्रु सवार बस ग्यास सिलिन्डर भरिएको ट्रकसँग ठोक्किँदा १८ जनाको मृत्यु

नयाँदिल्ली । मङ्गलबार पूर्वी भारतमा मङ्गलबार हिन्दू तीर्थयात्री बोकेको बस खाना पकाउने ग्यास सिलिन्डर भरिएको ट्रकसँग ठोक्किएपछि कम्तीमा १८ जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन् ।

झारखण्ड राज्यको घटनास्थलबाट प्राप्त दृश्यहरूले बसको भग्नावशेष देखाएको छ । यसको पछाडिको भाग लगभग पूर्ण रूपमा जलेको थियो ।

स्थानीय सांसद निशिकान्त दुबेले तीर्थयात्रीहरू उपमहाद्वीपमा मनसुनको सुरुवातसँगै पवित्र श्रावण महिना मनाउन हिन्दू तीर्थस्थलतर्फ जाँदै गरेको बताए ।

‘बस र ट्रक दुर्घटनामा १८ जना भक्तको ज्यान गएको छ’, दुबेले सामाजिक सञ्जालमा भनेका छन् । तीर्थयात्रीहरूले संहारका हिन्दू देवता भगवान् शिवलाई अर्पण गर्न गङ्गाबाट पवित्र पानी बोकेका थिए ।

प्रधानमन्त्री नरेन्द्र मोदीले ‘ज्यान गुमाउने भक्तहरूका परिवारजनहरूप्रति गहिरो समवेदना’ व्यक्त गरेका छन् । आधिकारिक तथ्याङ्कअनुसार भारतमा हरेक वर्ष सडक दुर्घटनामा दशौँ हजार मानिस मर्छन् ।

सन् २०२३ मा सवारी दुर्घटनामा एक लाख ७२ हजारभन्दा बढीको मृत्यु भएको यातायातमन्त्री नितिन गडकरीले संसद्लाई बताएका थिए । गत नोभेम्बरमा एउटा बस उत्तरी राज्य उत्तराखण्डमा गहिरो हिमाली खोँचमा खस्दा कम्तीमा ३६ यात्रुको मृत्यु भएको थियो भने अन्य धेरै घाइते भएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *