काठमाडौं । बितेका २४ घण्टामा देशका विभिन्न भागबाट लागूपदार्थसहित २३ जना पक्राउ परेका छन् । केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार काठमाडौँ, ललितपुर, झापा, कैलाली, कञ्चनपुर, सप्तरी, कास्की, स्याङ्जा, सुनसरी, मकवानपुरबाट उनीहरूलाई पक्राउ गरिएको हो ।
काठमाडौँको गोकर्णेश्वर नगरपालिका– ८ अत्तरखेलबाट खैरो हेरोइन जस्तो देखिने पदार्थसहित दुई जना, भद्रपुर नगरपालिका– ५ मेचीपुलबाट ब्राउनसुगर जस्तो देखिने पदार्थ बोकेका दुई जना, कञ्चनपुरको बेलौरी नगरपालिका– ६ नकैयाबाट दुई जना कैलालीको धनगढी उपमहानगरपालिका– २ बाट दुई जना, धनगढी उपमहानगरपालिका– १४ खुटिया टोलबाट दुई जनालाई पक्राउ गरिएको हो ।
सप्तरीको शम्भुनाथ नगरपालिका– ६ कठौना बस्ने २७ वर्षीय रामकुमार साहलाई दुई किलो २५ ग्राम गाँजासहित एक जना,ललितपुर, महालक्ष्मी नगरपालिका– १ इमाडोलबाट दुई जना, पोखरा महानगरपालिका– २ बाग्लुङ बसपार्कबाट एक, स्याङ्जा, गल्याङ नगरपालिका–१ राम्दिबाट एक जनालाई लागूऔषधसहित पक्राउ गरिएको जनाइएको छ ।
यसैगरी, सुनसरीको बराहक्षेत्र नगरपालिका– ७ किरात चोकबाट सात जना, मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१३ आदामारबाट एक जना पक्राउ परेका बुलेटिनमा उल्लेख छ ।