कांग्रेस संसदीय दलको नेता लामाविरुद्धको अविश्वास प्रस्ताव पारित

बागमती । नेपाली कांग्रेसको बागमती प्रदेश सभा संसदीय दलको नेता बहादुरसिंह लामाविरुद्धको अविश्वास प्रस्ताव पारित भएको छ ।

मंगलबार कांग्रेस संसदीय दलको बैठकमा भएको मत विभाजनमा अविश्वास प्रस्तावको पक्षमा २२ र विपक्षमा १५ सांसदले मत परेको छ ।

अविश्वास प्रस्तावको पक्षमा इन्द्रबहादुर बानियाँ, शिवराज अधिकारी, कञ्चनचन्द्र वादे, दीपेन्द्र श्रेष्ठ, पुकार महर्जन, बिनु रायमाझी पौडेल, यमुनादेवी श्रेष्ठ, उर्मिला नेपाल केसी, शान्ता ढकाल, प्रभात तमाङ, छिरीङ्ग दोर्जे लामा, मीना पराजुली, याङ्किला शेर्पा, मीन कृष्ण महर्जन, बिमल ठकुरी, मदुकुमार श्रेष्ठ, सुरजचन्द्र लामिछाने, सुरेश श्रेष्ठ, श्रीराम लामिछाने, सुना परियार, श्यामबहादुर खड्का र कृष्णबहादुर तामाङले मत दिएका थिए ।

त्यस्तै, अविश्वास प्रस्तावको विपक्षमा बहादुरसिंह लामा तामाङ, कुन्दनराज काफ्ले, उत्तम जोशी, लक्ष्मी श्रेष्ठ, रमेशकुमार महत, हरिप्रभा खड्गी, रामकुमार पहाडी, छेत्रबहादुर बम्जन, गीता गुरूङ, मसिना खड्का, तिर्थ लामा, रामकृष्ण चित्रकार, माया श्रेष्ठ, गोविन्द लम्साल र समिता खड्गीले मत दिएका थिए

। योसँगै अब संसदीय दलको नेता चयनको प्रक्रिया सुरु गरिने बागमती प्रदेशसभा सदस्य गोविन्द लम्सालले जानकारी दिए । बागमतीमा कांग्रेसका कुल ३७ सांसद छन् ।

शुक्रबार मुख्यमन्त्री लामाविरुद्धको अविश्वासको प्रस्तावमा २१ सांसदले हस्ताक्षर गरेका थिए । मंगलबार श्यामकुमार खड्काले मन्त्रीबाट राजीनामा दिएर बानियाँको पक्षमा गएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *