राजनीतिक रूपले माओवादीको इतिहास मेटाउन एउटा वर्ग सक्रिय छः अध्यक्ष प्रचण्ड

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संघ संस्थामाथिको निगरानी बढाउनुपर्ने बताएका छन् ।

मंगलबार पार्टीको समाजकल्याण विभागले आयोजना गरेको कार्यक्रममा प्रचण्डले संस्थाहरुले आफ्नो ढंगले पैसा लिएर दुरुपयोग भइरहेको भए त्यसमा राज्य गम्भीर बन्नुपर्ने बताएका हुन् ।

अध्यक्ष प्रचण्डले राजनीतिक रूपले पनि माओवादीको इतिहास मेटाउन एउटा वर्ग सक्रिय भएर लागिरहेको बताए । उनले भने, ‘एउटा वर्ग र तप्का न्वारनदेखिको बल लगाइरहेका छन् । माओवादीले गरेका राम्रा कामलाई राम्रो भन्न र स्थापित गर्न त्यस्ता तत्त्वहरू सक्रिय छन् ।’

अध्यक्ष प्रचण्डले माओवादी नेता तथा कार्यकर्ताहरू विभिन्न सङ्घसंस्थामा संलग्न भए पनि खुल्न नचाहने प्रवृत्ति परिवर्तन गर्न जरुरी भएको बताए ।

उनले भने, ‘जहाँ जहाँ हाम्रा साथीहरू सहभागी हुनुहुन्छ, ती संस्था उत्कृष्ट हुनुपर्यो र सामाजिक सङ्घसंस्थालाई कसरी बुझ्ने भन्नेमा पार्टीले लिएको निर्णयअनुसार जनतामा मात्रै होइन, पार्टीको तल्लो तहसम्म नै एउटै धारणा बनाउन आवश्यक छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *