गाजामा २४ घण्टाको अवधिमा कुपोषणका कारण थप १४ जनाको मृत्यु

बीबीसी । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले गाजामा ‘वास्तविक भोकमरीको समस्या’ रहेको बताएका छन् । इजरायली प्रधानमन्त्री बेन्यमिन नेतन्याहूले त्यस्तो केही नरहेकोमा जोड दिएपछि ट्रम्पको अभिव्यक्ति आएको हो ।

इजारयलले गाजामा भोकमरीको समस्या बल्झाइरहेको भन्नु ‘ठूलो झूट’ हो भन्ने नेतन्याहूको आरोपसँग के तपाईँ सहमत हुनुहुन्छ भन्ने प्रश्नमा ट्रम्पले भनेः ‘मलाई थाहा छैन… ती बालबालिका साँच्चिकै भोका देखिन्छन्.न्… त्यो वास्तविक भोकमरी हो।’

स्कटल्यान्डमा बेलायतका प्रधानमन्त्री सर केअर स्टार्मरसँग एउटा बैठकका क्रममा ट्रम्पले भने, ‘कसैले त्यहाँ केही ठूलो कुरा गरेको छैन। सिङ्गो ठाउँ अस्तव्यस्त छ… मैले इजरेललाई शायद उनीहरूले फरक ढङ्गले गर्नुपर्छ भनेँ।’

आकाशबाट खानेकुरा खसाल्न दिने र मानिसहरूसम्म सहायता पुग्न दिन सैनिक हमला रोक्ने इजराली कदमको आफूले स्वागत गरेको टम फ्लेचरले बताए । तर आवश्यकताको तुलनामा ती सहायता “महासागरमा एक थोपा खसाले सरह“ भएको उनले बताएका छन् ।

इजरायलका अनुसार सैनिक कारबाहीमा दैनिक १० घण्टे “रणनीतिक विश्राम“ को पहिलो दिन आइतबार सहायता बोकेका १२० वटा लरीलाई गाजामा प्रवेश दिइयो भने जोर्डन र संयुक्त अरब एमिरेट्सले आकाशबाट खानेकुराका २८ वटा प्याकेज खसाले ।

फ्लेचरले अभिव्यक्ति दिएको केही घण्टापछि हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले विगत २४ घण्टाको अवधिमा कुपोषणका कारण थप १४ जनाको ज्यान गएको बतायो ।

सन् २०२३ को अक्टोबरमा युद्ध शुरू भएयता भोकमरीका कारण ज्यान गुमाउने व्यक्तिहरूको सङ्ख्या १४७ पुगेको मन्त्रालयले जनाएको छ । ज्यान गुमाउनेमध्ये ८८ जना बालबालिका रहेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *