गैरकानुनीरुपमा कुवेत जान लागेका ४७ नेपाली महिलाको भारतबाट उद्धार

काठमाडौं । भारतको नयाँदिल्लीस्थित नेपाली दूतावासले घरेलु कामदारका रुपमा कुवेत जान लागेका ४७ जना नेपाली महिलालाई उद्धार गरी नेपाल फिर्ता पठाएको छ ।

दूतावासले विज्ञप्ति जारी गरी गैरकानुनी ढंगले भारतको बाटो हुँदै घरेलु कामदारका रुपमा कुवेत जान लागेका ४७ जना नेपाली महिलालाई भारत सरकारका सम्बन्धित निकायहरूसँगको सहकार्यमा बुधबार उद्धार गरी नेपाल फर्काएको जनााएको छ ।

भारतको इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थल हुँदै साउदी एयरको उडानमार्फत् जुलाई २२ मा बोर्डिङ पास लिई कुवेत जाने क्रममा उनीहरूसँग भएको नो अब्जेक्सन लेटर शंकास्पद देखेपछि विमानस्थलको अध्यागमनले राजदूतावाससँग सम्पर्क गरेको थियो ।

सबै एनओसी लेटर नक्कली भएको प्रमाणित भएपछि उनीहरूलाई कुवेत जानबाट रोक लगाइएको थियो । यसअघि, बुधबार नै अरु ४७ जनाको समूहलाई शंकास्पद एनओसी लेटर बोकेको आधारमा भारतको सोही अन्तर्राष्ट्रिय विमानस्थलबाट बोर्डिङ पास जारी नगरी फर्काइएको थियो । मानव तस्करहरूको फन्दामा परी गैरकानुनी रुपमा विदेश जाने र विदेशमा गई अलपत्र पर्ने नेपाली नागरिकहरूको संख्या ठूलै छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *