काठमाडौं । प्रहरीले काठमाडौंका ठमेलबाट दुई किलो सुनसहित दुई चिनियाँ नागरिकलाई पक्राउ गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोली गएराति ज्याठास्थित एक होटलबाट दुई किलो सुनसहित दुई चिनियाँ नागरिकलाई प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा ४६ वर्षीय छुनलुङ थान र ३४ वर्षीया सुमेइ चोउ रहेका कार्यालयका सूचना अधिकारी एवं प्रहरी उपरीक्षक काजीकुमार आचार्यले जानकारी दिएका छन् । प्रहरीले उनीहरूबाट २४ लाख नगद समेत बरामद गरेको छ । उनीहरुका बारेमा थप अनुसन्धान भइरहेको बस्नले बताए ।