रौतहटमा एउटा कारबाट १३३ किलो गाँजा बरामद, कारमा सवार व्यक्ति भने फरार

रौतहट । रौतहटमा प्रहरीले एउटा कारबाट ठूलो परिमाणमा गाँजा बरामद गरेको छ । चन्द्रनिगाहपुरबाट गौरतर्फ आउँदै गरेको ग ३ च ६८९६ नम्बरको कारबाट १ सय ३३ किलो गाँजा बरामद गरेको प्रहरीले जानकारी दिएको छ ।

इलाका प्रहरी कार्यालय गरुडाका डीएसपी राजन कार्कीका अनुसार प्रहरी टोलीले मंगलवार बिहान जाँच गर्ने क्रममा कार रोक्न खोज्दा चालकले तीब्र गतिमा गुडाएर भागेका थिए ।

प्रहरी टोलीले पछ्याउँदै जाँदा गरुडा नगरपालिका ५ झाझ खोला नजिक करिब २० फिट गहिरो खेतमा गाडी फेला परेको उनले जानकारी दिए । कारमा सवार व्यक्तिहरु भने उखुवारी हुँदै फरार भएका थिए । प्रहरीले क्रेनको सहायताले कारलाई बाहिर निकालेर गाजा जोख्दा १३३ किलो रहेको पाइएको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *