गठबन्धनको भावना अनुसार सरकारले जनताको पक्षमा काम गर्नुपर्ने कांग्रेस संस्थापन पक्षका सात नेताको निष्कर्ष

काठमाडौं । नेपाली कांग्रेस संस्थापन पक्षका नेताहरूले सरकार गठबन्धन सरकारले जनताको पक्षमा काम गर्नुपर्ने निष्कर्ष निकालेको छ ।

सोमबार चाक्सीबारीस्थित उपप्रधान तथा सहरी विकास मन्त्री प्रकाशमान सिंहको निवासमा कांग्रेस संस्थापन पक्षका नेताहरुको बैठक बसेको हो ।

बैठकले गठबन्धनको भावना अनुसार सरकारले जनताको पक्षमा काम गर्नुपर्ने निष्कर्ष निकालेको नेता कृष्णप्रसाद सिटौलाले जानकारी दिए ।

उनले भने, ‘सरकारले प्रभावकारी ढंगले जनताको हितमा काम गर्न सक्नुपर्छ भनेर हामीले नेपाली कांग्रेसबाट सरकारको नेतृत्व गरेका उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहलाई भनेका छौं । गठबन्धनको भावनालाई कायम राख्नुपर्छ, यो गठबन्धन ०८४ को निर्वाचनसम्मै जान्छ । त्यो जानेगरी विश्वासका आधारमा काम गर्नुपर्छ ।’

उनले बैठकको निष्कर्ष मन्त्रीसिंहले प्रधानमन्त्री केपी ओलीलाई सुनाउने बताए । गठबन्धन निर्माण हुँदा सहमति अनुसार दुई दलबीच भएको संविधान संशोधनको विषय अगाडि नबढेको समेत बैठकले निष्कर्ष निकालेको छ ।

छलफलमा उपप्रधानमन्त्री सिंहसहित विमलेन्द्र निधि, विजयकुमार गच्छदार, कृष्णप्रसाद सिटौला, डा. शशांक कोइराला, गोपालमान श्रेष्ठ र डा. प्रकाशशरण महत सहभागी थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *