ओलीलाई रावलको कटाक्षः जेलमा बसेको मात्र होइन, सुतेको उमेर पनि घटाउनु

काठमाडौं । मातृभूमि जागरण अभियानका संयोजक डा. भीम रावलले बाल्यकाल, काम नगरी सुतेको र विरामी भई काम नगरेको समयावधि पनि घटाउन प्रधानमन्त्री केपी शर्मा ओलीलाई सुझाव दिएका छन् ।

ओलीले पार्टी नेतृत्वका लागि ७० वर्षे सीमा राख्न नहुने र नेताहरूलाई आफू जेलमा बसेको अवधि घटाउनुपर्ने तर्क गरेपछि कटाक्ष गरेका हुन् ।

रावलले भनेका छन्, ‘एमालेमा ७० वर्षे प्रावधान हटाउने हो भने झ्यालखानामा रहेको अवधि घटाउनुपर्छ भन्ने कुरा केपीबाट बैठकमा पेश भएछ । केपीको अतृप्त पद र सत्ता भोक शान्त पार्न निजको राजनीतिमा आउनु अघिको बाल्यकाल, काम नगरी सुतेको र विरामी भई काम नगरेको समयावधि पनि घटाउन आजै बस्ने केन्द्रिय कमिटीको बैठकबाट अधिकारसम्पन्न कार्यदल गठन गर्ने कि ?’

Leave a Reply

Your email address will not be published. Required fields are marked *