बीबीसी । जापानको सत्तारूढ गठबन्धनले माथिल्लो सदनमा बहुमत गुमाएपछि पनि प्रधानमन्त्री शिगेरु इशिबाले राजीनामा नदिने स्पष्ट संकेत दिएका छन् ।
आइतवार सम्पन्न प्रतिनिधि परिषद्को चुनावमा लिबरल डेमोक्रेटिक पार्टी (एलडिपी) र कोमेइतो गठबन्धन आवश्यक ५० सिटमध्ये केवल ४७ सिटमा सीमित भएको सार्वजनिक प्रशारण संस्था एनएचकेले जनाएको छ । बाँकी एक सिटको परिणाम आउन बाँकी रहेको छ ।
मतदान, महँगी, जीवनयापनको संकट र अमेरिकी व्यापार शुल्कको सम्भावनाले आक्रोशित जनमतको बीचमा भएको थियो। परिणामपछि बोल्दै प्रधानमन्त्री इशिबाले ‘कठोर निर्णयलाई गम्भीरताका साथ स्वीकार’ गर्ने बताए तर व्यापार वार्तामा केन्द्रित रहने बताए । एलडिपीले अघिल्लो वर्ष तल्लो सदनमा पनि बहुमत गुमाइसकेको थियो ।
लगातार दोस्रो पटक बहुमत गुमाउँदा सरकारको प्रभावशक्ति कमजोर बन्ने देखिएको छ । यस चुनावमा माथिल्लो सदनका १२४ सिटमा मतदान भएको थियो। सदस्यहरूको कार्यकाल ६ वर्षको हुन्छ ।
सान्सेइतोजस्ता दलहरूले अब संसदमा अति राष्ट्रवादी र षड्यन्त्रपूर्ण अभिव्यक्तिहरू ल्याउने संकेत देखिएको छ । इशिबा नेतृत्वको एलडिपी १९५५ यतादेखि प्रायः निरन्तर सत्तामा रहँदै आएको भए पनि नेताहरूको फेरबदल सामान्यजस्तै बनेको छ ।
यो हारले इशिबाको नेतृत्वमाथि प्रश्न उठाएको छ। विगतका तीन एलडिपी प्रधानमन्त्रीहरूले माथिल्लो सदनको बहुमत गुमाएपछि दुई महिनाभित्र राजीनामा दिएका थिए ।