‘महाभोज’ चलचित्र निकै नै चाखलाग्दो, तथ्यपरक र सन्देशमूलक लाग्योः प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाली चलचित्र महाभोज हेरेका छन् । चलचित्र हेरेपछि प्रचण्डले चलचित्र निकै चाखलाग्दो, तथ्यपरक र सन्देशमूलक भएको बताएका छन् ।

उनले भनेका छन्, ‘लामो समयपछि चलचित्र हेर्ने अवसर मिल्यो । आज म ‘महाभोज’ चलचित्र हलमै गएर हेरेँ । चलचित्र निकै नै चाखलाग्दो, तथ्यपरक, यथार्थपरक र सन्देशमूलक लाग्यो । त्याग र बलिदानबाट सामन्तवादको अन्त्य भए पनि यसको केही अवशेष अझै बाँकी छन्। ‘यही देशमै केही गर्नुपर्छ, गर्न सकिन्छ’ भन्ने अठोटका साथ समाज परिवर्तनका लागि लडेका योद्धाहरू अझै पनि सामन्तवादका विरुद्ध लड्ने साहस राख्छन्, र एकदिन समाज परिवर्तन गरेरै छाड्छन् भन्ने सन्देश यो चलचित्रले दिन खोजेको छ।’

उनले आजको पुस्ताले यो चलचित्र एक पटक अवश्य हेर्नुपर्ने बताएका छन् । उनले भनेका छन्, ‘यस सन्देशलाई जीवन्त अभिनयमार्फत प्रस्तुत गर्ने सम्पूर्ण कलाकार मित्रहरू, निर्माता, निर्देशक तथा निर्माण टिमका सबै सदस्यहरूलाई म मनदेखि धन्यवाद दिन चाहन्छु । आजको पुस्ताले यो चलचित्र एक पटक अवश्य हेरेर यसको गहिरो भाव बुझुन् भन्ने मेरो हार्दिक अपील छ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *