प्रधानमन्त्री र पूर्वराष्ट्रपतिको छलफलबाट सुखद निष्कर्ष निस्कन्छः नेता थापा

काठमाडौं । नेकपा एमालेका नेता कर्णबहादुर थापाले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले एकवर्ष अघिनै सदस्यता नवीकरण गरिसकेको बताएका छन् ।

एमाले मुख्यालय च्यासलमा प्रधानमन्त्री केपी शर्मा ओली र पूर्वराष्ट्रपति भण्डारीबीच छलफल चलिरहँदा बाहिर पत्रकारहरुसँग कुरा गर्दै थापाले सदस्यता नवीकरण गरेको कुरा महासचिव शंकर पोखरेलले नै बताइसकेकाले यसमा विवाद नभएको बताएका हुन् ।

उनले भने, ‘उहाँले नवीकरण गर्नुभएको त एक वर्ष अगाडि नै हो । एकवर्ष अगाडि र यसवर्षको पनि उहाँले नवीकरण गरिसक्नुभो । यो त हाम्रो पार्टीका महासचिव शंकर पोखरेलले संचारमाध्यमा बोल्नु भएकै छ नि ।’

सदस्यता नवीकरणबारे पार्टी अध्यक्षलाई जानकारी रहेको उनले बताए । उनले उहाँहरुको छलफलबाट सुखद निष्कर्ष निस्कने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *