रुपन्देही-३ को उपनिर्वाचनका लागि असोज २१ गते मनोनयन दर्ता

काठमाडौं । निर्वाचन आयोगले रुपन्देही क्षेत्र नम्बर ३ मा कात्तिक १७ गते हुने उपनिर्वाचनका लागि निर्वाचन कार्यक्रम सार्वजनिक गरेको छ ।

आइतबार आयोगले निर्वाचन कार्यक्रम सार्वजनिक गरेको हो । जसअनुसार उम्मेदवारको मनोनयन दर्ता असोज २१ गते बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म निर्वाचन अधिकृतको कार्यालयमा हुनेछ । सोही दिन बेलुका ५ बजेदेखि ७ बजेसम्मम मनोनयन दिएका उम्मेदवारहरूको प्रारम्भिक नामावली प्रकाशित गरिनेछ।

उम्मेदवारविरुद्ध उजुरी दर्ता गर्ने समय असोज २२ गते बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म कायम गरिएको छ । उजुरीको जाँचबुझ तथा मनोनयन पत्रको निर्णय असोज २२ गते ३ बजेदेखि असोज २३ गते बेलुका ५ बजेसम्म गरिनेछ। त्यसपछि उम्मेदवारहरूको नामावली पुनः बेलुका ५ बजेदेखि ७ बजेसम्म प्रकाशित गरिनेछ । उम्मेदवारले नाम फिर्ता लिन असोज २४ गते बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म समय दिइएको छ ।

सोही दिन दिउँसो १ बजेदेखि ३ बजेसम्म अन्तिम नामावली सार्वजनिक गरिनेछ भने बेलुका ३ बजेदेखि ६ बजेसम्म निर्वाचन चिन्ह प्रदान गरिने आयोगले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *