मुग्लिन । मुग्लिन–नारायणगढ सडकखण्डको तुईन खोला पुल नजिकै ढुंगा खसेर गुडिरहेको कारमा लाग्दा तीन जना घाइते भएका छन् ।
मुग्लिन नारायणगढ सडक खण्डको तुईन खोला पुल नजिकै माथिबाट ढुंगा खसेर भारतीय नम्बर प्लेटको कारको अगाडिको भागमा लागेको डिभिजन सडक कार्यालय भरतपुरले जनाएको छ ।
ढुंगा लागेर कारमा सवार तीन जना घाइते भएका छन् । कारमा पाँचजना सवार थिए । यस क्षेत्रमा पहिरोको उच्च जोखिम भएकोले बुझेर मात्रै सुरक्षित यात्रा गर्न डिभिजन सडक कार्यालयले आग्रह गरेको छ ।