काठमाडौं । नेपाल क्रिकेट संघले डिजिटल फ्यान इन्गेजमेन्ट अवार्ड प्राप्त गरेको छ। आईसीसीको वार्षिक कन्फरेन्समा क्यानका अध्यक्ष चतुरबहादुर चन्द, सचिव पारस खड्का र कोषाध्यक्ष पदम खड्काले अवार्ड ग्रहण गरेका थिए । क्यानले लगातार दुई वर्ष यो अवार्ड जित्न सफल भएको हो ।
यो समूहमा क्षेत्रीय विजेताको रुपमा नामिबिया, बर्मुडा, एसियाबाट नेपाल र इस्ट एसिया प्यासिफिकबाट इन्डोनेसिया ग्लोबल छनोटमा पुगेका थिए ।