काठमाडौं । न्यूह् बज्राचार्यको संगीतमा नयाँ गीत ‘ए हावा’ बोलको गीत सार्वजनिक भएको छ । गीतमा आकाश केसीको शब्दरचना छ । बानिका प्रधानको स्वर रहेको गीतमा संगीत संयोजन गोपाल रसाइलीले गरेका छन् ।
रुमानी कल्पना र सम्झनाको तरेलीको वरपर गीत केन्द्रित छ । विक्रम श्रेष्ठले छायाँकन गरेको भिडियो सम्पादन अनिल तण्डुकारले गरेका छन् ।