ढाका । अपदस्थ प्रधानमन्त्री शेख हसिनाका समर्थकहरू र सुरक्षाफौजबीच भएको झडपमा कम्तीमा चार जनाको ज्यान गएको छ भने दर्जनौं घाइते भएका छन् । झडप ढाका र गोपालगञ्ज क्षेत्रमा व्यापक रूपमा फैलिएको छ ।
‘नेशनल सिटिजन पार्टी’ले शेख हसिनाको पुख्र्यौली जिल्ला गोपालगञ्जतर्फ र्यालीको घोषणा गरेको बेला झडप भएको हो । उक्त जिल्ला आवामी लिग पार्टीको बलियो आधार क्षेत्र मानिन्छ ।
र्यालीका क्रममा करिब २० वटा गाडीको जुलुस त्यहाँ पुगेपछि स्थिति तनावपूर्ण बनेको थियो । टेलिभिजन फुटेजमा देखिएअनुसार हसिना समर्थकहरूले लठ्ठी बोकेर प्रहरीमाथि आक्रमण गरिरहेका थिए र सवारीसाधनमा आगो लगाइरहेका थिए ।
स्थिति नियन्त्रणबाहिर गएपछि प्रशासनले गोपालगञ्ज जिल्लामा रातभरका लागि कफ्र्यु आदेश जारी गरेको छ । हसिना अपदस्तपछि ११ महिनादेखि बङ्गलादेश अस्थिर अवस्थामा छ ।