सिरियाको रक्षा मन्त्रालयमा इजरायली आक्रमण

बीबीसी । सिरियाको राजधानी दमास्कसमा इजरायली सेनाले रक्षा मन्त्रालयमाथि र दक्षिणी क्षेत्रमा रहेका सरकारी सुरक्षाफौजमाथि आक्रमण गरेको छ । स्वेइदा प्रान्तमा चौथो दिनसम्म जारी घातक सांप्रदायिक हिंसाबीच इजरायलले सो कारबाही गरेको हो ।

प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले इजरायली कारबाहीलाई ‘ड्रुज दाजुभाइहरूको सुरक्षाका लागि र शासनका आपराधिक गिरोहहरूलाई समाप्त पार्न गरिएको’ बताएका छन् । सिरियाली विदेश मन्त्रालयले भने इजरायली आक्रमणलाई ‘कायरतापूर्ण र विश्वासघाती’ भनेको छ।

आइतबारदेखि ड्रुज मिलिसिया र बेदुइन जातिहरूबीच सुरु भएको झडपमा हालसम्म ३०० जनाभन्दा बढीको ज्यान गएको सिरियाली सञ्चार माध्यमहरूले जनाएका छन् ।

अमेरिकी विदेशमन्त्री रुबियोले दक्षिण सिरियाको हिंसाप्रति चिन्ता व्यक्त गरेका छन्। उनले हिंसा ‘केही घण्टाभित्र अन्त्य हुने’ विश्वास व्यक्त गर्दै “स्थिति सामान्य पार्न आवश्यक विशेष कदमहरूमा सहमति भइसकेको” जानकारी दिएका छन्।

सिरियाली विदेश मन्त्रालयले अमेरिका र अरब मुलुकहरूद्वारा गरिएका शान्ति प्रयासको स्वागत गरेको छ। यद्यपि इजरायलले युद्धविरामसम्बन्धी प्रस्तावबारे हालसम्म कुनै टिप्पणी गरेको छैन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *