तीन लाख घुससहित पक्राउ परेका शिक्षक किताबखानाका शाखा अधिकृत प्रसाईं दोषी ठहर

काठमाडौं । शिक्षक किताबखानाका शाखा अधिकृत धनेश्वर प्रसाईंलाई भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन् । विशेष अदालतका न्यायाधीशहरु तेजनारयाण सिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले बुधबार प्रसाईं र क्यान्टिन संचालक सुदर्शन न्यौपानेलाई दोषी ठहर गरेको हो ।

उनीहरुलाई ६ महिना कैद र जरिवनाको फैसला भएको छ । प्रसाईं र न्यौपानेविरुद्ध ३ लाख रुपैयाँ घुस लिएको अभियोगमा मुद्दा दायर भएको थियो ।

इजलासले दुबैजनाले डेढ/डेढ लाख रुपैयाँ जरिवाना पनि गरेको छ । त्यस्तै इजलासले उनीहरुबाट ६/६ हजार रुपैयाँका दरले अपराध पीडित संरक्षण कोषमा क्षतिपूर्ति भराउनुपर्ने आदेश पनि गरेको छ । शिक्षकको पेन्सनपट्टा बनाउने क्रममा शाखा अधिकृत प्रसाईंले क्यान्टिन सञ्चालक न्यौपानेलाई प्रयोग गरेर ३ लाख रुपैयाँ घुस लिएका थिए ।

कार्यालय सहयोगी भवानी अधिकारीलाई भने विशेष अदालतले सफाइ दिएको छ । आफूसँग शाखा अधिकृत प्रसाईंले घुस मागेको भनी शिक्षक भोजराज भट्टराईले अख्तियारमा उजुरी दिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *