काठमाडौं । नवनियुक्त संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भगवती न्यौपानेले शपथ लिएकी छन् । बुधबार साँझ राष्ट्रपति निवास शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेल समक्ष मन्त्री न्यौपानेले शपथ लिएकी हुन् ।
न्यौपानेलाई प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति पौडेलले मंगलबार मन्त्री नियुक्त गरेका थिए । राजकुमार गुप्ताले घुस डिल अडियो सार्वजनिक भएपछि मंगलबार मन्त्री पदबाट राजीनामा दिएका थिए ।