‘चमेलीको पोइ’ को फर्स्टलुक सार्वजनिक

काठमाडौं । फिल्म ‘चमेलीको पोइ’ को फर्स्टलुक  सार्वजनिक गरिएको छ । सुरक्षा पन्त र मुकुन भुसालको मुख्य अभिनय रहेको फिल्मको एभरेष्ट सूर्य बोहराको लेखन तथा निर्देशन रहेको छ ।

निर्माण पक्षले बुधबार तीनवटा पोस्टर ल्याएकोमा दुई पोस्टरमा शीर्ष कलाकार सुरक्षा र मुकुन मात्र छन् भने अर्को एक पोस्टरमा शीर्ष प्रायः कलाकारहरू चित्रित छन् ।

फिल्ममा सुरक्षा र मुकुनसँगै नारायण त्रिपाठी, विल्सन विक्रम राई, प्रेमदेव गिरी, रविन्द्र झा, गणेश गौतम, अंशु महर्जन, बविन राई, खड्ग बहादुर पुन, उमेश राई, रजनी गुरूङलगायत कलाकारहरूको अभिनय छ । फिल्म आगामी चैत १३ गतेदेखि प्रदर्शनमा आउने बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *