पेट्रोलको मूल्य प्रतिलिटर ५ रुपैयाँ घट्यो

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलको मूल्य प्रतिलिटर ५ रुपैयाँ घटाएको छ । निगम सञ्चालक समितिको मंगलबार बसेको बैठकले मध्यरातदेखि लागूहुने गरी पेट्रोलको मूल्य घटाएको हो ।

यस्तै डिजेल तथा मट्टितेलको मूल्य पनि १ रुपैयाँ घटेको छ । यससँगै अब पेट्रोलको मूल्य काठमाडौँ उपत्यकामा १६० रुपैयाँ र डिजेलको १४८ रुपैयाँ कायम भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *