काठमाडौं । नेकपा एमालेकी नेतृ भगवती न्यौपाने संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रीमा नियुक्त भएकी छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार न्यौपानेलाई मन्त्री पदमा नियुक्त गरेका हुन् ।
घुस डिल अडियो प्रकरणमा मुछिएका राजकुमार गुप्ताले मंगलबार नै पदबाट राजीनामा दिएका थिए । न्यौपाने अहिले राष्ट्रियसभामा एमाले संसदीय दलको प्रमुख सचेतकको भूमिकामा छिन् ।