काठमाडौँ । सार्वजनिक लेखा समितिको २३औँ वार्षिक प्रतिवेदन, २०८२ प्रतिनिधिसभामा पेस भएको छ । समितिका सभापति ऋषिकेश पोखरेलले मंगलबारको बैठकमा प्रतिवेदन पेस गर्दैै अर्थ, भौतिक पूर्वाधार तथा यातायात, सहरी विकास, खानेपानीलगायत मन्त्रालयको धेरै बेरुजु भएको र त्यस विषयमा समितिमा छलफल सम्पन्न भइसकेको जानकारी दिए ।
समितिको २५६ वटा बैठक सकिएको उनले बताए । सांस्कृतिक सम्पदा भाडाामा दिने काम रोक्न समितिले सरकारलाई निर्देशन दिएको सभापति पोखरेलले जानकारी दिए । बेरुजुको सम्परीक्षण भइरहेको उनको भनाइ थियो ।